राजनीति

दश वर्षमा नेपाल स्वर्ग हुनेछ : प्रधानमन्त्री

दश वर्षमा नेपाल स्वर्ग हुनेछ : प्रधानमन्त्री

Posted in राजनीति
काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उद्घाटनका क्रममा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएको बताएका छन् । केही बेर धावकहरुसँगै दौडिएर प्रतिस्पर्धामा उत्रिएका २५ सय युवालाई हौस्याएका प्रधानमन्त्रीले कान्तिपुरको सभाहलमा व्यवस्थापन र सम्पादक मण्डलसँग आफ्नो विकासको खाका पनि सुनाए। उनले भने,‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्नेछ – नेपाल मानिस र प्रकृतिले संयुक्त रुपमा सृजना गरेको एक स्वर्ग रहेछ। ‘नेपालमा जनतालाई खानलाउनको कुनै दु:ख छैन। नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ। नेपालीहरु स्वस्थ छन्। आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ। उपचारको राम्रो विमा भएकाले रोगलाग्दा कसैलाई दु:ख छैन।’ प्रधानमन्त्री ओलीले कान्तिपुरले पनि यस्तै नेपालको परिकल्पना गरोस् भन्ने चाहेको ब
गोल्डेन डन गोरेकाे बयान किन यसरी लम्बियो? जे पनि हुन सक्ने सम्भावना… भिडियो

गोल्डेन डन गोरेकाे बयान किन यसरी लम्बियो? जे पनि हुन सक्ने सम्भावना… भिडियो

Posted in राजनीति
विराटनगर, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’को बयान शुक्रबार पनि टुंगिएन । जिल्ला अदालत मोरङमा गत बुधबार सुरु भएको बयान आगामी आइतबार पनि जारी रहने जिल्ला अदालत मोरङले जनाएको छ । ध्रुव भट्टराईले इमेजखबरमा लेखेका छन् ।अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमकाअनुसार आइतबार गोरेको बयान सक्ने लक्ष्य रहेको छ । त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।गोरोलाई बयानकाक्रममा आइतबार भिडियो सामग्री पनि देखाइने पनि जनाइएको छ । शुक्रबार तेस्रो दिन पनि करिब साढे ४ घन्टा उनको बयान लिइएको छ । गोरेबाट अहिलेसम्म २७ पन्ने बयान लिइएको छ ।बयानकाक्रममा गोरेल विषयलाई अन्यत्र मोड्ने प्रयास बारम्बार गर्ने गरेको पनि बयानमा सहभागीहरुले बताएका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी–पैठारीको मुद्दा लगाइएको छ
फरार एसएसपी खत्रीसहित ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी !

फरार एसएसपी खत्रीसहित ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी !

Posted in breaking news, राजनीति
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार गायब भएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो । एसएसपी खत्रीले तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको स्रोत बताउँछ । मुख्य अभियुक्त गोरेले पनि बयानका क्रममा उनलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ कर
सुन तस्करी र सनम हत्या काण्डमा शक्तिशाली गिरोह: एसएसपी श्याम खत्रीलाई प्रहरीले लुकायो !

सुन तस्करी र सनम हत्या काण्डमा शक्तिशाली गिरोह: एसएसपी श्याम खत्रीलाई प्रहरीले लुकायो !

Posted in राजनीति
बयान सुरु भए पछि घटनालाई नयाँ मोडबाट विश्लेषण र छानबिन गर्न थालिएको छ । गोरेले राखेको मानव अधिकारकर्मीको रहोबरमा मात्र हिरासतमा बस्ने पहिलो सर्तले नै विविध कोणबाट गहन छानबिनका संकेत गरेको छ । गोरेको बयान बिहीबार पनि जारी छ । न्यायाधीश नारायणप्रसाद शर्माले जिल्ला प्रहरी कार्यालय मोरङलाई मानव अधिकारकर्मीको रहोबरमा हिरासतमा राख्न आदेश दिइसकेको छ । अदालतको यो आदेशसँगै अब सुन प्रकरणका ठूला माछाको नाम गोरेले भन्नसक्ने अनुमान गरिएको छ । सुन प्रकरणमा मुछिएका विमान कर्मचारी प्रेमलाल चौधरीको आत्महत्या पनि हत्या हुनसक्ने गोरेको मागले संकेत गरेको छ । त्यसैले पनि उनले प्रहरीको रहोबरमा मात्रै नै हिरासतमा नबस्ने भनेका हुन् । ‘उनले सुरक्षाको प्रत्याभुती चाहेका छन् । यस प्रकरणमा जे पनि हुनसक्ने भएका कारण डराएका छन् । त्यसकारण मानव अधिकारवादीको रहोबर खोजिएको हो’, गोरेका कानुन व्यवसयी यमबहादुर मगरले
प्रधानमन्त्रीले राष्ट्रकवि घिमिरेलार्इ भने- ‘तपार्इं धेरै बाँच्नुपर्छ, हामी विदेश लैजान्छौँ”

प्रधानमन्त्रीले राष्ट्रकवि घिमिरेलार्इ भने- ‘तपार्इं धेरै बाँच्नुपर्छ, हामी विदेश लैजान्छौँ”

Posted in राजनीति, रोचक बिचित्र, समाचार
काठमाडाैं । अस्वस्थ भएर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना भएका राष्ट्रकवि माधव घिमिरेलार्इ भेट्न साेमबार साँझ प्रधानमन्त्री केपी अाेली ग्राण्डी पुगेका थिए । एक सातादेखि ग्रान्डीमा रहेका राष्ट्रकवि घिमिरेलार्इ प्रधानमन्त्रीले जसरी पनि उपचार गराएर बचाउने प्रतिबद्धता गरे । पत्नी राधिका शाक्यका साथ अस्पताल पुगेका प्रधानमन्त्री ओलीले भनेका थिए, ‘राष्ट्रकविज्यू, तपाईले अब कुनै पनि चिन्ता गर्नु पर्दैन। उपचार नेपालमा सम्भव नभएमा तुरुन्तै तपाईलाई हामीले दिल्ली वा अन्य देशको राम्रो अस्पतालमा लैजान्छाैं। अाफू अाउँदाे असोजको ६ गते म १०० पुग्न लागेकाे जानकारी गराउँदै राष्ट्रकवि घिमिरेले भनेका थिए, ‘त्यतिबेलासम्म लेख्दै गरेकाे महाकाव्य पूरा गर्नु छ, मलाई त्यतिञ्जेल बचाइदिनुहोस् ।’ प्रत्युत्तरमा प्रम अाेलीले ‘तपाईँ त कति हो कति, धेरै बाँच्नुपर्छ। हामी बचाउँछौं तपाईलाई, छिटै विद
पार्टी एकता अनुमोदन, आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने-

पार्टी एकता अनुमोदन, आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने-

Posted in राजनीति
मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा बिहीबार मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत। तस्बिर : रासस काठमाडौँ। नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो। दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो। एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराएका थिए। अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो। बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्
ओलीले एकजना बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को ?

ओलीले एकजना बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को ?

Posted in राजनीति
पदेन सदस्यमध्येबाट एकजना नेकपाको स्थायी कमिटीमा नपर्ने ! ३ जेठ,काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ, यहाँ त २६ जना पो रहेछौं । त्यसपछि बैठकले सबैले एकले अर्कोलाई हेर्न थाले । एकीकृत पार्टीको ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने सहमति ओली र प्रचण्डबीच दिउँसो भएको थियो । त्यसलगत्तै बसेको बैठकमा पदेन सहित २६ स्थायी कमिटी सदस्य रहेको झल्याँस्स सम्झिएछन् ओलीले । त्यसो भए अब एकजना को आउट होला स्थायी कमिटीबाट ? अथवा एमालेको २६ भएपछि माओवादीबाट पनि एक थपिन्छन् ? यसको टुंगो सम्भवतः पछि लाग्ला । तर, एमालेबाट २५ स्थायी कमिटी सदस्यमा एकजना को नअट्ने भन्ने चर्चा चाहिँ मदन आश्रति स्मृति दिवसको अवसरमा विहानै चल्यो । स्थायी कमिटीको
घुँडामा भ्वाङ पर्यो भन्ने गगन थापालाई प्रधानमन्त्री ओलीले दिए ढल्ने गरी मुखभरीको यस्तो जवाफ (भिडियो सहित)

घुँडामा भ्वाङ पर्यो भन्ने गगन थापालाई प्रधानमन्त्री ओलीले दिए ढल्ने गरी मुखभरीको यस्तो जवाफ (भिडियो सहित)

Posted in breaking news, भिडियो, राजनीति, रोचक बिचित्र, समाचार
युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लम्पसार पर्दा खुट्टामा भ्वाङ पर्यो भन्ने गगन थापालाई कडा जवाफ फर्काएका छन् संसदमा गगन थापाको सवाललाई लक्षित गर्दै उनले भने काङ्ग्रेसका केहि अलि नयाँ नयाँ भनेका युवा युवा भन्नेले केहि तथ्यमा अगाडी बढ्लान कि भनेक्प केहि गरी खालान कि भनेको बिरोधी मानसिकताले ग्रसित रहेछ भन्दै मैले गएर ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेर भनेको छु र नेपालका हित बिपरित कुनै कार्य गरेको छु र ? प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गरे । हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन युवा संघ नेपालको २
मदन भण्डारीको मृत्यु दुर्घटना होइन हत्या हो – माधव नेपाल

मदन भण्डारीको मृत्यु दुर्घटना होइन हत्या हो – माधव नेपाल

Posted in breaking news, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गरेका छन् । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो । मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा नेता नेपालले भण्डारीको हत्या भएको बताए पनि भण्डारीको हत्या कसले गर्‍यो भन्नेबारे भने केहि खुलाएनन् । दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी मदन भण्डारीको गाडी चालक अमर लामा थिए । अदालतबाट दोषी ठहर भइ सजायँ भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुर लखेटी(लखेटी हत्या गरियो । अमर लामाको हत्या कसले गर्‍यो त्यो पनि रहस्यकै गर्भमा छ । एकमात्र साक्षीको पनि हत्या भएपछि दासढुंगा काण्डको वास्तविकता यही नै हो भन्ने अवस्था छैन । तर, बहुदलीय जनवादको प्रवर्द्धक तिनै मदन भण्डारीसँग सम्बन्धित सामाग्रीहरु भने अ
युवा नेताहरुको प्रश्नः कम्युनिष्ट हामीजस्तै भए, कांग्रेस किन चाहियो ?

युवा नेताहरुको प्रश्नः कम्युनिष्ट हामीजस्तै भए, कांग्रेस किन चाहियो ?

Posted in राजनीति
मैदान कांग्रेसको, खेल कम्युनिष्टको ! ११ वैशाख, काठमाडौं । चुनावी हारको समीक्षा गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आरोप प्रत्यारोपको श्रृङ्खला पट्यारलाग्दो भइसकेको थियो ।एउटा समूह हारको सबै दोष पार्टी सभापति शेरबहादुर देउवामाथि थोपर्न लागिपरेको थियो भने अर्को समूह जसरी पनि देउवालाई बचाउने होडमा थियो । तर, मंगलबार गगन थापा, चन्द्र भण्डारीलगायतका युवा नेताहरुले ५१ पन्ने दस्तावेज पेश गरेपछि बल्ल ‘गहिरो बहस’ सुरु भएको नेता प्रदीप गिरीले बताएका छन् । के छ त प्रतिवेदनमा ? निर्वाचन समीक्षा र आगामी कार्यदिशा नाम दिइएको प्रतिवेदनमा चुनाव हार मात्र होइन, समग्र कांग्रेसकै समीक्षा गर्न खोजिएको छ । हामी कहाँ-कहाँ चुन्यौं ? भन्दै दस्तावेजमा २०४८ देखि २०७४ सम्मको समीक्षा गरिएको छ । यहाँ सरकार सञ्चालनको कमजोरीदेखि सामाजिक राजनीतिक सम्वाद टुटेको र आर्थिक नीति र पार्टी सञ्चालन