अन्तरास्ट्रिय समाचार

मलेसिया एअरपोर्टमा  नेपालीको बिजोक(५ दिन देखि भोकै), आफन्तजन सम्म पुर्याइ दिनु हुन….

मलेसिया एअरपोर्टमा नेपालीको बिजोक(५ दिन देखि भोकै), आफन्तजन सम्म पुर्याइ दिनु हुन….

Posted in अन्तरास्ट्रिय समाचार
मलेसिया एअरपोर्टमा एक नेपालीको बिजोक(५ दिन देखि भोकै), आफन्तजन सम्म पुर्याइ दिनु हुन अनुरोध नाम: मनोज बिश्ट घर बैतडी नेपाल उमेर १८/ १९ को एक जना भाइ मलेसिया एअरपोर्ट मा फेला परेको छ। यहाको पुलिसहरुले मलाइ सोधपुछ गर्न लगाउदा ..उ सङग पासपोर्ट बाहेक केही छैन हातमा।जोहरबारु कम्पनी बताउछ । बोसले एअरपोर्ट ल्यायी घर जा भनी छाडेको रे । यहा आको १/२महिना भको बताउ छैन ।बोस ले कुट्पिट गरेको कुरा नि उस्ले बताको छ। ५ दिन अघि देखि भोकाको अबस्थाले गर्दा अलिक तेति स्मरण शक्ति देखिएन। यो पनि पढ्नुहोस् : मुम्बई । भारतीय सिने उद्योग बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। अचानक स्वास्थ्यमा समस्या देखिए पछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो। अमिताभलाई भारतको मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्यस्थित कस्तो छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको छै
मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलवमा कटौति

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलवमा कटौति

Posted in अन्तरास्ट्रिय समाचार
मलेसिया / मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गर्नुभएको छ । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताउनुभएको छ । मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व सम्हालेका आफ्नो मन्त्रीपरिषद्को पहिलो बैठकमा मलेसियाको सरकारी खर्चमा कटौति गर्ने बताउनुभएको हो । आजको बैठकमा नयाँ सरकारका लागि सपथ खाएका एक दर्जनभन्दा बढी मन्त्रीहरूको उपस्थिति रहेको थियो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री महाथिरले भन्नुभयो, “हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौँ ।” उहाँले थप्नुभयो, “हामीले अन्य उच्च सरकारी कर्मचारीको हकमा सुविधा कटौतिलाई बाध्यकारी बनाउने छैनौ । त
के सन् २०१६ हालसम्मकै उत्कृष्ट वर्ष थियो ?

के सन् २०१६ हालसम्मकै उत्कृष्ट वर्ष थियो ?

Posted in अन्तरास्ट्रिय समाचार
नयाँ दिल्ली, ९ जेठ (रासस-प्रोजेक्ट सिन्डिकेट) / सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्राषदीको वर्ष थियो । भयानक आतङ्कवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली सङ्कटले दशौं हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो । सत्तरीभन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा गिरावट आयो तथा ब्रेक्जिट र अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले राजनीतिमा सनसनी मच्चाए, किनभने यी दुवैको आँकलन न मिडियाले गरेका थिए न राजनीतिका दिग्गजले नै गर्न सकेका थिए । अन्तरराष्ट्रिय जनस्वास्थ्य क्षेत्रमा जिका समस्यालाई लिएर आपतकाल घोषणा गरियो । वास्तवमा यो साल हालसम्मकै विषममध्येमा रह्यो । अखबारका विचार पृष्ठ पढ्दा यस्तो अनुभव हुन्छ मानौँ सारा विश्व सङ्क्रमणमा छ तथा मानिसका सोच पनि कहालीलाग्दो रुपमा बिभाजित छन् । तर एक कदम पछाडि सरेर हेर्यौं भने आशावादी बनाउ
दिल्लीलाई जिताएपछि सन्दिपले नेपाल सम्झदै यसो भने !

दिल्लीलाई जिताएपछि सन्दिपले नेपाल सम्झदै यसो भने !

Posted in अन्तरास्ट्रिय समाचार, खेलकुद, मनोरंजन, रोचक बिचित्र, समाचार
दिल्ली, ५ जेठ । सन्दीप लामिछानेले सानदार प्रदर्शनको सहयोगमा आइपिएल क्रिकेटमा दिल्ली डेर डेभिल्स विजयी भएको छ । दिल्लीले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको हो । दिल्लीलाइ १ सय २१ रनमै समेट्न सन्दीपले ४ ओभरमा १ विकेट हात पार्दै २१ रनमात्रै दिएका थिए । आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भुमिका खेलेपछी सन्दीपले जित पछि प्रतिकृया दिँदै उलने सबै खेलाडीको योगदानबाट जित सम्भव भएको बताएका छन् । ‘विकेट हल्का स्किडी (चिप्लो खालको) थियो ।’ उनले भने, ‘मैले आफ्नो उत्कृष्ट बल फाल्ने प्रयास गरेको हुँ। उनले आफुलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनी आफ्ना नेपाली समर्थकलाई जितको खुसीयाली साट्ने क्रममा सम्झेका थिए   आइपिएलमा सन्दिप लामिछानेले सनसनी मच्चाएका छन् । नेपाली क्रिकेटर युवा स्पिनर लामिछानेले आइपिएलमा सनसनी मच्चाएका हुन् । आइपिएल प्रतियोगिता
आमा छोराविरुद्ध मोदीको यो उग्र भाषण, जसले राष्ट्रपति गुहार्न बाध्य भए मनमोहन सिंह-

आमा छोराविरुद्ध मोदीको यो उग्र भाषण, जसले राष्ट्रपति गुहार्न बाध्य भए मनमोहन सिंह-

Posted in अन्तरास्ट्रिय समाचार
कांग्रेसका नेता ! कान खोलेर सुनद्द यो मोदी हो, हिसाबकिताब गाह्रो पर्ला १ जेठ, नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा नरेन्द्र मोदीको लहरले कांग्रेस पराजित भइरहँदा पूर्व प्रधानमन्त्री तथा कांग्रेस आइका नेता डा.मनमोहन सिंह भने मोदीविरुद्ध उजुरी लिएर राष्ट्रपति भवन पुगेका छन् । मोदीले कर्नाटक चुनाव अभियानका क्रममा अमर्यादित भाषा प्रयोग गरेको र जे पनि गर्न सक्ने अधिनायकवादी धम्की दिएको भन्दै सिंहले राष्ट्रपति गुहारेका हुन् । मोदीले नेपाल आउनुपूर्व कर्नाटक राज्यको हुबलीमा आयोजित चुनावी सभामा कांग्रेस नेतृ सोनिया गान्धी र अध्यक्ष राहुल गान्धीलाई ‘दागी माँ बेटे’ भन्दै उनीहरु ५ सय करोडको घोटालामा अदालतबाट जमानतमा छुटेको बताएका थिए । मोदीले भाषणमा भनेका थिए, जुन पार्टीका मुखिया जमानतमा चलिरहेका छन्, उनीहरुले ममाथि औंला उठाउने ? कांग्रेसका नेता कान खोलेर सुन्नुस्, सीमा पार गरेउ भने यो मोदी ह
मोदी आक्रामक, केपी ओली रक्षात्मक !-

मोदी आक्रामक, केपी ओली रक्षात्मक !-

Posted in अन्तरास्ट्रिय समाचार, समाचार
मोदीलाई सुरक्षा दिन नेपालले सक्दैन ? २७ वैशाख, काठमाडौं । केही साताअघि बालुवाटारमा वाम नेताहरुको बैठक बसिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको मोबाइलमा घण्टी बज्यो । फोन गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । फोन रिसिभ गर्दै ओली बैठकस्थलबाट एकान्ततिर गए । मोदीलाई नेपालमा मे २५ तारेखमा निम्त्याउने सरकारले गृहकार्य गरिरहेको थियो । तर, मोदीले आफू मे ११ मै नेपाल आउने ओलीलाई बताए । कर्णाटकको चुनाव प्रचार सकेर सीधै पटना आउँछु, अनि त्यहाँबाट जनकपुर हुँदै काठमाडौं आउँछु भन्ने प्रस्ताव मोदीले ओलीसमक्ष राखे । प्रस्ताव भन्दा पनि यो बोधार्थ जस्तो थियो । वाम एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीले गरेको ब्रिफिङ अनुसार जनकपुर हुँदै नेपाल भ्रमणमा आउँदा नेपालको सुरक्षा संवेदनशीलतामा अप्ठ्यारो पो पर्छ कि भनेर उनले प्रतिक्रिया दिएका थिए । तर मोदीले केही पनि हुँदैन, मैले चिनि
राम्रो काम गरेर फर्किएका तीन हजार नेपालीलाई पुनः कोरिया लगिने

राम्रो काम गरेर फर्किएका तीन हजार नेपालीलाई पुनः कोरिया लगिने

Posted in breaking news, अन्तरास्ट्रिय समाचार, रोचक बिचित्र, समाचार
काठमाडौँ । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । “परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ”, खनालले भन्नुभयो, “परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।” लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ । रासस काठमाडौँ । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा
कोरियाको ऐतिहासिक दृश्यः सीमा नाघेर किम र मुनबीच के कुराकानी भयो ?

कोरियाको ऐतिहासिक दृश्यः सीमा नाघेर किम र मुनबीच के कुराकानी भयो ?

Posted in अन्तरास्ट्रिय समाचार
१४ वैशाख, काठमाडौं । आधा शताब्दी पहिले उत्तर कोरिया र दक्षिण कोरिया एउटै देश थिए । उत्तर कोरियामा क्रान्तिद्वारा कम्युनिष्ट शासन स्थापना भएसँगै उत्तर र दक्षिण कोरिया विभाजित बने । उनीहरुवीच युद्ध भयो, एक देशका नागरिक अर्को देशमा जान प्रतिबन्ध लाग्यो । देश टुक्रिँदा कस्तो पीडा हुन्छ भन्ने भोगेका कोरियाले जनताले करिब एकपुस्ता पछाडि शुक्रबार एउटा यस्तो दृश्य देखे, जुन अनौठो एवं अप्रत्याशितजस्तै थियो । तर, यो क्षणका लागि सिंगो विश्वले प्रतिक्षा गरिरहेको थियो । देश टुक्रिँदा आफना नातेदारले समेत सीमापारि पुगेर भेट गर्न पाएनन् । उनीहरुले रोएर बाँच्नुपर्‍यो । तर, टुक्रिएको देश जोडिने सम्भावना तत्काल नदेखिए पनि फुटेको देशका नेताहरुले आपसमा हात मिलाएर सीमा वारिपारि दुईचार कदम राख्दाखेरि नै कोरियाली प्रायद्वीपमा खुशीको सीमा रहेन । फुटेका देशहरु जोडिएको उदाहरण पनि संसारमा नभएको हो
पोङयाङको आश्चर्यमय परिवर्तनले विश्वलाई नै खुसीको सञ्चार गराउन सफल

पोङयाङको आश्चर्यमय परिवर्तनले विश्वलाई नै खुसीको सञ्चार गराउन सफल

Posted in breaking news, अन्तरास्ट्रिय समाचार, रोचक बिचित्र, समाचार
७३ बर्षदेखिको कटुतामाथि तरबार हान्दै दक्षिण र उत्तर कोरिया आलिंगनमा बाँधियो, कोरियाली प्रायद्धिपमा फर्केको हर्षले विश्वलाई नै भावविव्हल बनायो काठमाडौं । ‘रहस्य’को मुलुक उत्तर कोरियाका शासक किम जोङ उन पछिल्लो समय चर्चामा छन् । आश्चर्यजनक रुपमा उनमा आएको परिवर्तनले विश्वकै ध्यान प्योङयाङतर्फ केन्द्रित छ । परमाणु परीक्षणका कारण विश्वलाई नै आफूविरुद्ध बनाएका किम चीनसँगको सामिप्यता बढाउँदै परम्परागत ढर्राबाट बाहिर निस्किने प्रयासमा लागेको हो कि भन्ने पूर्वानुमान भइरहँदा उनले दक्षिण कोरियासँग ७३ वर्षदेखि जारी कटुता अन्त्यको घोषणा गरेर अर्को आश्चर्य दिएका छन् । दोस्रो विश्वयुद्धको अन्तिम समयतिर सन् १९४५ मा कोरिया विभाजित भई उत्तर र दक्षिण बनेपछि दुबै देश ‘पानी बाराबार’को अवस्थामा पुगे । २ सय ५० किलोमिटरको सीमाले विभाजित दुई देशलाई हार्दिक सम्बन्धले कहिल्यै जोड्न सकेन । उत्तर कोरि
विश्वकै सबैभन्दा बृद्ध नागरिक नवीको मृत्यु

विश्वकै सबैभन्दा बृद्ध नागरिक नवीको मृत्यु

Posted in breaking news, अन्तरास्ट्रिय समाचार, रोचक बिचित्र
जापान – विश्वकै सबैभन्दा बृद्ध नागरिकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जापानी नागरिक नवी तजिमा रहेकी छन् । उनको ११७ वर्षको उमेरमा निधन भएको हो। दक्षिणजापानस्थित एक अस्पतालमा शनिबार उनको निधन बताइएको छ । तजिमाको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो। उनी जनवरीदेखि अस्पताल भर्ना भएकी थिइन् । जापान – विश्वकै सबैभन्दा बृद्ध नागरिकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जापानी नागरिक नवी तजिमा रहेकी छन् । उनको ११७ वर्षको उमेरमा निधन भएको हो। दक्षिणजापानस्थित एक अस्पतालमा शनिबार उनको निधन बताइएको छ । तजिमाको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो। उनी जनवरीदेखि अस्पताल भर्ना भएकी थिइन् । जापान – विश्वकै सबैभन्दा बृद्ध नागरिकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जापानी नागरिक नवी तजिमा रहेकी छन् । उनको ११७ वर्षको उमेरमा निधन भएको हो। दक्षिणजापानस्थित एक अस्पतालमा शनिबार उनको निधन बताइएको छ ।