सूचना प्रबिधि

नेपाली बजारमा संसारकै सबैभन्दा स्लिम टिभी आइपुग्यो, मूल्य सुन्दा तपाइँ बेहोस हुनुहुनेछ – फोटो सहित

नेपाली बजारमा संसारकै सबैभन्दा स्लिम टिभी आइपुग्यो, मूल्य सुन्दा तपाइँ बेहोस हुनुहुनेछ – फोटो सहित

Posted in कारोबार, सूचना प्रबिधि
नेपाली बजारमा के. एल. दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ सार्वजनिक गरेको छ । यो टिभीको मोटाइ जम्मा 3.6 mm रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । सोमबार सांझ काठमाण्डौमा डिलर मिट आयोजना गरि सो टिभी सार्वजनिक गरिएको हो ।OLED टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य LED टिभी भन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा JBL साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा रु. २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ । सोही कार्यक्रममा स्काईवर्थको Google Android TV / Multi-functional Tee Table पनि सार्वजनिक गरिएको थियो । Google Android TV df Voice Command बाट नै आफ्नो इच्छा अनुसारको का
पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला पर्यो, थाहा पाउनुहोस् ‘दोस्रो पृथ्वी’ को रोचक तथ्य-

पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला पर्यो, थाहा पाउनुहोस् ‘दोस्रो पृथ्वी’ को रोचक तथ्य-

Posted in सूचना प्रबिधि
एजेन्सी । पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला परेको वैज्ञानिकहरुले दाबी गरेका छन् । धेरै समयदेखि अनुसन्धानमा रहेका वैज्ञानिकहरुले प्रोक्सिमा सेन्चुरी सिस्टम भित्र दोस्रो पृथ्वी रहेको खुलासा गरेका छन् । सो ग्रहमा पृथ्वीको जस्तै महासागरहरु रहेको र त्यहाँ पनि जीवात्माहरु रहेको हुन सक्ने विश्वास गरिएको छ । यसअघि ब्रम्हाण्डमा हजारौं बाहिरी ग्रहहरु पत्ता लगाइएको भएपनि,प्रोक्सिमा बी जस्तो कुनैपनि नभएको वैज्ञानिकहरुको दाबी छ । पुर्बेली न्युज खबरमा छ | प्रोक्सिमा बी नाम जस्तै विषेश लक्ष्णयुक्त भएको बताइएको छ । पृथ्वीभन्दा अझ केही बढि नै ठूलो आकारको रहेको र केही चट्टानी पहाड रहेको बताइएको यो ग्रह आफ्नै तारामण्डलहरुबीच घेरिएर रहेको छ । सो ग्रहमा पानी जस्ता तरल पदार्थको अस्तित्व समेत रहेको छ । प्रोक्सिमा बी आकारमा पृथ्वीभन्दा १।३ गुणा ठूलो रहेको छ । उसको सतहको तापक
रबि लामिछानेले भारतको रेकर्ड तोड्नको लागी टुँडिखेलमा पुगेर के भने ? (भिडियो)

रबि लामिछानेले भारतको रेकर्ड तोड्नको लागी टुँडिखेलमा पुगेर के भने ? (भिडियो)

Posted in breaking news, घटना बिशेस, भिडियो, रोचक बिचित्र, सूचना प्रबिधि
काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’ यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी छ । धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो । ००० यो पनि पढ्नुहोस : अन्तत बुद्द नेपालमा जन्मिएका हुन् भन्दै विश्व किर्तिमान राखेरै छोडियो, ७५ हजार सहभागी हुने भनिएकोमा बुद्द वचनले ओतप्र
नयाँ सरकारको मन्त्रीहरुलाई रवीको सिधाकुराः ‘आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन तपाँईलाई हाम्रा भन्दा जानेका राम्रा मान्छे चाहिन्छ’

नयाँ सरकारको मन्त्रीहरुलाई रवीको सिधाकुराः ‘आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन तपाँईलाई हाम्रा भन्दा जानेका राम्रा मान्छे चाहिन्छ’

Posted in सूचना प्रबिधि
नयाँ सरकारले पुर्णता पाउँदै गर्दा केही कुरा राख्न चाहन्छु । अब केही दिनमा मन्त्रीहरु थपिने छन् र सँग सँगै सल्लाहकारहरु पनि देखा पर्नेछन् । मुलुक बनाउन मन्त्री भन्दा मन्त्रीका सल्लाहकारको भुमिका महत्वपुर्ण हुन्छ । स्वकिय सचिवहरु त झन २४ घण्टा सँग सँगै हुन्छन् । मन्त्रीसँग कसको भेट गराउने कसको नगराउने भन्ने ताला चाबी उहाँहरुको हातमा हुन्छ । एउटा अनौठो प्रसंग, आजसम्म कुनै पनि मन्त्रीले आफ्नो रानीतिक दलको कार्यकर्ता वा फलोअर बाहेक अर्को दलको वा कुनै दलमा विश्वास नगर्ने स्वतन्त्र व्यक्तिलाई सल्लाहकार वा स्वकिय सचिव राखेका छैनन् । विज्ञता पार्टीको झण्डाले दिदैन, अध्ययन, रिसर्च, अनुभवले दिन्छ । मुलुक बनाउन भनेर प्रतिवद्ध भएको नेताले आफ्नो सोचको दायरालाई फराकिलो पार्नुपर्छ । आफ्ना परिवार कार्यकर्ता र समर्थकलाई मन्त्री भैसकेपछि बोलाएर धन्यवाद दिनुपर्छ र आफ्नो कार्यकाल भरी आफ्नो वरिपरी
फेसबुकको नयाँ अपडेट – साथी र आफन्तलाइ अब प्राथमिकतामा राख्न सकिने

फेसबुकको नयाँ अपडेट – साथी र आफन्तलाइ अब प्राथमिकतामा राख्न सकिने

Posted in सूचना प्रबिधि
आजकल मानिसहरु फेसबुक बिना बाच्न सक्दैनन् नै होला सायद किंनकी मानिसहरुले यसलाई आफ्नो दैनिक जीवनको एउटा अंगनै बनाईसकेका छन । फेसबुकले बिहिबार एक वृहत अपडेटको घोषणा गरेको छ जसले प्रयोगकर्ताको न्युज फिडमा फेसबुक पेज र सेलेब्रिटीभन्दा माथी साथी र आफन्तको अपडेटहरु देख्न पाइनेछ ।   साथै यसले प्रमुख सामाजिक संजालको रुपमा रहेको फेसबुकमा मानिसहरुले कम समय दिने संभावना देखिएको छ । न्युज फिड प्रोडक्ट व्यवस्थापक जोन हेजम्यानका अनुसार फेसबुकको यस्तो परिवर्तनले सामाजिक अन्र्तक्रिया र सम्बन्धलाइ थप उचाइमा पुर्याउने बताएका छ । यो निकै ठूलो परिवर्तन रहेको हेजम्यानले एएफपी लाई बताए । मानिसहरुले फेसबुकमा कम समय विताउने तर यसले प्रयोगकर्ताहरुले फेसबुकमा विताएको समय अत्यन्तै महत्वपूर्ण हुने र कालान्तरमा यो आफुहरुको व्यापारका लागि पनि फाइदाजनक भएकाले आफुहरु यसप्रति सकारात्मक रहेको उनले बताए । फ
भाग्य छ भने तपाईले फेसबुकको यो पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने

भाग्य छ भने तपाईले फेसबुकको यो पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने

Posted in सूचना प्रबिधि
फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो पोष्टमा समेत जानकारी गराएको छ । फेसबुकमा मार्कजुकेरबर्गको नाममा गरिएको पोष्ट यस्तो छ । Can’t wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billion of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message int
चिनियाँ सुरक्षाकर्मीका लागि विशेष चश्मा, यस्तो छ चश्माको विशेषता

चिनियाँ सुरक्षाकर्मीका लागि विशेष चश्मा, यस्तो छ चश्माको विशेषता

Posted in सूचना प्रबिधि
चीनले आफ्नो नयाँ वर्षका लागि सुरक्षाको ‘हाइटेक’ व्यवस्था गरेको हो । अपराधीमाथि नजर राख्न विशेष प्रविधियुक्त चश्मा प्रयोगमा ल्याइएको छ, जसले सजिलैसँग मुहार पहिचान गर्न सक्छ । नयाँ वर्षका अवसरमा ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्न र भीडमा संदिग्धलाई पहिचान गर्न यस प्रकारको चश्मासहित सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिने चिनियाँ अधिकारीहरुको भनाइ छ । हेनान प्रान्तको झेंगझुस्थित रेलवे स्टेशनमा सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको छ । चश्मामार्फत प्रहरीको डाटामा उपलब्ध जानकारीका आधारमा सुरक्षाकर्मीले यात्रीको पहिचान गर्नेछन् । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । हेनानका सार्वजनिक सुर
एप्पलले यो वर्ष तीनवटा नयाँ आइफोन ल्याउने

एप्पलले यो वर्ष तीनवटा नयाँ आइफोन ल्याउने

Posted in अन्तरास्ट्रिय समाचार, सूचना प्रबिधि
यो वर्ष सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने दाबी गरिएको छ । केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले यस्तो दाबी गरेका हुन् । एप्पल सम्बन्धी निकै प्रभावकारी विश्लेषण तथा भविष्यवाणी गर्नमा चिनिएका कुओले तयार पारेको नयाँ रिसर्च नोटमा यस्तो दाबी गरेका हुन् । म्याक र्युमर्स वेबसाइटले कुओको रिसर्च नोट प्राप्त गरेको छ । कुओको रिलिज नोट अनुसार एप्पलले यस वर्ष सार्वजनिक गर्ने तिन नयाँ आइफोन यस्ता हुनेछन्: ६.१ इन्चको एलसिडी डिस्प्ले सहितको आइफोन । यसमा फूल स्क्रिन डिस्प्ले हुनुका साथै ट्रु डेप्थ सेन्सर हुनेछ । यसमा आइफोन एक्समा भएको जस्तै थ्री डी सेन्सिङ टेक्नोलोजी र एनिमोजी सपोर्ट सिस्टम पनि रहनेछ । यो आइफोन आयतकार हुने बताइएको छ । यस आइफोनका मूख्य एसेम्ब्लर्समा ताइबानी कम्पनीहरु पेगाट्रन, फक्सकोन र विस्ट्रोन हुने बताइएको छ । जापान डिस्प्ले यस आइफोनको एलसिडी डिस्प्लेक
जग्गा नापमानसम्बन्धि यी जानकारी तपाईंलाई छ ? जानी राखे राम्रो

जग्गा नापमानसम्बन्धि यी जानकारी तपाईंलाई छ ? जानी राखे राम्रो

Posted in सूचना प्रबिधि
जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ । त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् । यी इकाईलाई तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ । 1 Bigha (बिघा) = 20 Kattha (कठ्ठा) 1 Bigha (बिघा) = 6772.63 m² 1 Bigha (बिघा) = 72900 sq.ft. 1 Bigha (बिघा) = 13.31 Ropani 1 Katha (कठ्ठा) = 20 Dhur (धुर) 1 Katha (
नेपाल चीनबीच ठूलो व्यवसायिक फड्को, आजबाट जोडिए सूचना महामार्गमा

नेपाल चीनबीच ठूलो व्यवसायिक फड्को, आजबाट जोडिए सूचना महामार्गमा

Posted in समाचार, सूचना प्रबिधि
काठमाडौँ। नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले ठूलो संजालमा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो । यससँगै नेपाल र चीन सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क्षमताको दूरसञ्चार सेवासँगै चीनसँग सम्पर्क विस्तार भएको छ । सूचना महामार्गमा भारत र चीन दुवैतिरबाट नेपाल जोडिएको छ । अन्तरदेशीय सम्पर्कमा वैकल्पिक मार्गप्रशस्त भई नेपाल–चीनबीच छोटो दूरीमा दूरसञ्चार व्यवसाय शुरु हुनुलाई उपलब्धिमूलक मानिएको छ । आगामी दिनमा सस्तो र सुलभ दरमा दूरसञ्चार सेवा आदानप्रदान गर्न सकिनुका साथै चीन र भारतबीचको पारबाहन सम्पर्कस्थल (ट्रान