सुन तस्करीमा महराको नाम मुछिएको भन्दै महरालाई सभामुख बाट हटाउने तयारी राजपाले पाउने भयो सभामुख पद

दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई सत्तामा आउन औपचारिक आग्रह गरेका छन् ।

ओली–प्रचण्डको औपचारिक आग्रहसँगै राजपा नेपालले सत्तामा जान केही पूर्वसर्त अगाडि सारेको छ । राजपा नेपालले संविधान संशोधनको लिखित प्रस्ताव र आयो भने सरकारमा जाने जनाएको छ ।

राजपा नेपाल सरकारमा सहभागी भयो भने उसलाई सभामुख पद पनि दिने तयारी ओली–प्रचण्डले तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार एउटै दलको सभामुख र उपसभामुख पाउँदैन । नेकपाले तत्काल यी दुबै पद नेपाली कांग्रेसलाई दिने पक्षमा छैनन् । ओली–प्रचण्डले सभामुख कृष्णबहादुर महरालाई पदबाट हटाएर सो पद राजपा नेपाललाई दिने तयारी भएको उच्च स्रोतले जनाएको छ ।

सभामुख पद आउने भएपछि राजपा नेपालले सो पदमा कसलाई पठाउने भनेर भित्रभित्रै गृहकार्य सुरु गरेको छ । स्रोतका अनुसार राजपाले सभामुखमा संयोजक महन्थ ठाकुरलाई पठाउने भनेर अनौपचारिक परामर्श गरेको छ ।

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरासँग बदला लिन ओली–प्रचण्डले यो पद राजपालाई दिने तयारी गरेका हुन् । राजपालाई सभामुख पद दिइयो भने संवैधानिक समस्या पनि नपर्ने नेकपाको बुझाइ छ ।
prahar news बाट

 

 

 

यो पनि पद्नुहोस

भर्खरै आयो दुखद खबर अब बैदेसीक रोजगारी मा जान बन्द

वैदेशिक राेजगार : मलेसिया जान बन्द, ५ वर्षमा ‘बाध्यकारी वैदेशिक राेजगारी’ अन्त्य गर्नेकाठमाडाैं । सरकारले मलेसिया जाने नेपाली कामदारलार्इ तत्कालका लागि सबै प्रक्रिया बन्द गरेकाे छ । मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थालेकाे भन्दै सरकारले उसकाे नीति नसच्चिएसम्म तत्काल नेपाली कामदार लैजान नपाउने बनाएकाे हाे ।

नेपाली कामदारमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्ने पूर्व स्वीकृतिमा समेत रोक लगाइएको उनले बताए ।

नेपाली श्रमिकको रगत-पसिनामाथि खेलबाड गर्ने जाेसुकैलार्इ पनि अब सरकारले नछाड्ने बताउँदै मन्त्री विष्टले भने, ‘अबको सरकार रेमिट्यान्समा मात्रै भर पर्दैन, रेमिट्यान्सको लेखाजोख गरेर बस्दैन ।’ अबकाे सरकारले विगतका सरकारजस्तै रेमिट्यान्सकाे अाशमा युवाशक्ति विदेश पलायन नगराउने भन्दै उनले आन्तरिक श्रम बजारको प्रवर्द्धन गर्ने र स्वदेशमै हुने कमाइबारे जनतालाई अवगत गराउने बताए ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले देश-परदेशमा छरिएर परिश्रम गरिरहेका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याई सरकारले सुरक्षा, बिमा र अन्य सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । श्रम मन्त्रालय सबै श्रमिकहरुको ‘अभिभावक’ भएकाले संरक्षण गर्ने दायित्व मन्त्रालयकै रहेकाे उनकाे भनाइ थियाे ।

अब वैदेशिक रोजगारीमा जाने युवालाई नेपाल सरकारले तलब निर्धारण गरेर मात्र श्रम स्वीकृति जारी गर्ने तयारी गरिरहेको मन्त्री विष्टले जानकारी दिए ।आगामाी एक वर्षपछि वैदेशिक रोजगारमा जाने कामदार ४० प्रतिशतले घट्ने बताउँदै मन्त्री विष्टले ५ वर्षभित्रमा जसरी भए पनि ‘बाध्यताकारी वैदेशिक रोजगारी’को अन्त्य गर्ने दाबी गरे । श्रमिककाे अवस्था सुधार्न उनले मजदुरमैत्री ऐन, नियम कार्यान्वयनमा ल्याउने तयारीमा मन्त्रालय रहेको जानकारी समेत गराए ।

सरकार अार्थिकफ समृद्धिकाे दिशामा अग्रसर भएकाे बताउँदै उनले देशमा कलाकारखाना र अन्य उद्योग खुल्ने क्रम बढ्दै गएकाे र यसले बाध्यकारी अवस्था अार्इ कामकाे खाेजीमा विदेशिने श्रमिककाे संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरे ।-न्यूज२४

 

Similiar Post