स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ-

‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’

वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, त्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा विख्यात भए, भौतिक विज्ञानको आलोकमा टेकेर ।

शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैमा उत्कृष्ट दृष्टान्त हुन् । उनै महान बैज्ञानिकले विभिन्न सन्दर्भमा व्यक्त गरेका विचारहरु यहाँ उल्लेख गरिएको छ, जसले हाम्रो जीवन र दृष्टिलाई बदल्न सक्छ ।

१. स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो ।

२. जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौं भने ।

३. कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

४. चाहे जीवन जतिसुकै मुश्किल लाग्छ, त्यसैले तपाइलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।

५. पहिलो कुरा, सधै तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई । जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक रहनुहोस् ।

६. यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

७. मलाई थाहा छैन । जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, ऊ हारेका व्यक्ति हुन् ।

८. मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ र दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केही गर्न सक्दैनौ । उसलाई बाटो पार गर्नुअघि राम्ररी देखाउनुपर्छ ।

९. तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

१०. यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

११. विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो ।

१२. हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

१३. हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।

१४. म चाहन्छु् कि न्यूक्लियर फ्युजन एक व्यवहारिक उर्जाको स्रोत बनोस् । यसले प्रदूषण वा ग्लोबल वार्मिङ बिना नै उर्जाको अटुट आपूर्ति प्रदान गरोस् ।

१५. म केवल एक बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।

१६. मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

१७. केही पनि छैन, जो सधैं रहन सक्दैन ।

१८. म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

यो पनि पढ्नुहोस्-

विख्यात बैज्ञानिक स्टिफन हकिङको निधन

हकिङ्को अनौठो कनेक्सनः जन्मँदा ग्यालिलियोसँग, मृत्यु हुँदा आइन्टाइनसँग !

३० फागुन, काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथि केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’

हकिङले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।

‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

यो पनि पढ्नुहोस् –

असाधारण क्षमताका धनी प्रख्यात बैज्ञानिक स्टिफन हकिङ अब रहेनन् । ७६ वर्षको उमेरमा उनको मंगलबार निधन भएको छ । यहाँ हामी हकिन्सका बारेमा केही रोचक तथ्यहरु संग्रह गरेर प्रस्तुत गर्दैछौं:

१. हकिङको जन्म ८ जनवरी, १९४२ मा भएको थियो, जुन दिन ग्यालिलियोको मृत्युको ३०० औं वार्षिकी थियो ।

२. उनी नौ वर्षका हुँदा आफ्नो कक्षामा सबैभन्दा खराब विद्यार्थीको र्‍यांकमा परेका थिए । तैपनि उनका शिक्षकहरुले सोच्ने गर्थे कि उनी बुद्धिमान छन् र भविष्यमा आफ्नो प्रतिभाले संसारलाई अचम्भित तुल्याउनेछन् ।

३. उनको निकनेम ‘आइन्सटाइन’ थियो ।

४. जब उनी २१ वर्षका थिए, छुट्टी मनाउन घर आउँदा एक दिन उनी सिँढी ओर्लनले क्रममा उनी बेहोस भएका थिए । डाक्टरकहाँ लगिँदा उनलाई कमजोरी भएको बताइएको थियो ।

तर, मोटर न्यूरोन नामक आनशुवंशीक रोग लागेको पत्ता लाग्यो । त्यतिबेला डाक्टरहरुले उनी दुई वर्ष मात्र बाँच्न सक्ने बताएका थिए । यस रोग लागेको मानिसहरुको विस्तारै सबै अंगले काम गर्न छोड्ने र श्वास नली पनि बन्द हुने बताइएको थियो । तर, आश्चर्यजनकरुपमा उनी ७६ वर्ष बाँचे ।

५. हकिङ पूर्णरुपमा अशक्त थिए तर, आवाज निकाल्ने उपकरणको मद्दतले उनी संवाद गर्ने गर्थे । उनी एक मिनेटमा १५ शब्दसम्म बोल्न सक्थे ।

६. उनले एउटा बाल पुस्तक पनि लेखेका छन् जसको नाम हो, ‘सेक्रेट कि टु द युनिभर्स’ ।

७. उनले दुईपटक विवाह गरे र दुवै बिहे डिभोर्समा टुंगिएका थिए । दुई श्रीमतीबाट उनका तीन बच्चा भएका छन् ।

८. हकिङले आफ्नो रिसर्चको अत्यधिक समय ब्ल्याक होल र स्पेस टाइमका सिद्दान्तहरुमाथिको शोधमा बिताए । यस सम्वन्धमा उनका धेरै लेखहरु प्रकाशित छन् ।

९. उनको सबैभन्दा प्रसिद्ध खोज भनेको उनले सावित गरे कि ब्ल्याक होलबाट पनि केही मात्रमा विकिरण निस्किन्छ ।

त्योभन्दा पहिले ब्ल्याक होल्सको शक्तिशाली गुरुत्वाकर्षणको कारणले त्यहाँबाट केही पनि निस्किदैन । अहिले ब्ल्याक होलबाट निस्किने रडियसनलाई हकिन्स रेडयसन पनि भनिन्छ ।

१०.एकातर्फ हकिङ विज्ञानमा आफ्नो नाम झन्-झन् अग्लो बनाइरहेको थियो । अर्कोतर्फ उनको शरीरले साथ छाडिरहेको थियो ।

पहिले उनको शरीरको दाहिने हिस्सा खराब भयो, त्यसपछि देब्रे हिस्सा पनि चल्न छोड्यो । त्यसपछि उनलाई ह्वीलचेयरको आवश्यकता पर्‍यो । उनलाई प्राविधिक रुपले सुसज्जित ह्वीलचेयर दिइएको थियो ।

११. हकिङ किताब पढ्न र लेख्न एकदमै मन पराउँथे । सन् १९९८ मा प्रकाशित भएको उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ले संसारभर तहल्का मच्चाएको थियो । यो किताबमा उनले ब्रम्हान्ड विज्ञानका कठिन विषयहरु, जस्तै महाविस्फोटको सिद्धान्त (बिग ब्याङ थ्यौरी) र ब्ल्याक होललाई यति सरल तरिकाले बुझाएका छन् कि साधारण पाठकहरुले पनि सजिलै बुझ्न सक्छन् ।

१२. हकिङको यो किताबका लाखौं प्रति हातहातै बिके । साथै उनले निकै विरोधको सामना पनि गर्नुपर्‍यो । किनकी यो किताबमा ईश्वरको अस्तित्वलाई इन्कार गरिएको थियो ।

२०७४ फागुन ३० गते ११:५८ मा प्रकाशित

Similiar Post