पहिलोपटक नेपालमा उडान गरेर आएकी को-पाइलट पृथुलाले नेपाली भुमिमा नटेक्दै ज्यान गुमाइन,

काठमाडौँ – सोमबार पहिलोपटक नेपालमा उडान गरेर आएकी बंगला एयरलाइन्सकी को(पाइलट पृथुला रसिद जसले नेपालको भुमिमा टेक्न नपाउदै संसार छोडिन। पहिलोपटक नेपालमा उडान गरेर आएकी बंगला एयरलाइन्सकी को(पाइलट पृथुला रसिद ले नेपाली भुमिमा टेकिन नपाउदै संसार छाडिन् ।पृथुला चलाएको जहाज काठमाडौँको धावनमार्गमा यसरी पछारियो कि अब पृथुला यो संसारमा कहिले नफर्किने गरि गईन् ।

सन् २०१६ को जुलाईमा युएस बंगलामा आफ्नो करियर सुरु गरेकी उनले बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर सुरु गरेकी थिइन् ।बंगलादेशको आकाशमा डेढ बर्ष बिताएकी पृथुलाले एशिया र अमेरिकाका आकाशमा कोपाइलट भएर जहाज उडाइन् ।घाइते अबस्थामा उद्दार त गरियो उनलाई तर काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा संसार छाडिन् ।उनी सहत प्लेन दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।

मृत्यु भएकाहरुप्रति गृहको समवेदना

काठमाडौँ, २९ फागुनः गृह मन्त्रालयले सोमबार युएस बंगला विमान दुर्घटना भई त्यसमा सवार यात्रुको दुःखद निधन भएकामा गहिरो समवेदना प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । मन्त्रालयले मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

मन्त्रालयले घटनाको खोज तथा उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका निकाय, खोज उद्धार टोलीसहित अग्निनियन्त्रक संस्था, एम्बुलेन्स, अस्पताललाई मानवीय सेवा पु¥याएको भन्दै धन्यवाद व्यक्त गरेको छ ।

दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घटनास्थलको अवलोकन र विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझी उपचार कार्यमा कुनै कमी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो ।

खोज तथा उद्धारका क्रममा घाइतेलाई उद्धार गरी काठमाडौँ मेडिकल कजेल शिक्षण अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, न्यूरो अस्पताल, ग्रान्डी अस्पताल र ओम अस्पताल पु¥याइएको थियो ।

प्राप्त पछिल्लो विवरणअनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए । शव परीक्षणपछि परिवार तथा आफन्तजनलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ । (रासस)

.

Similiar Post