चट्याङ लागेर १६ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते

किगाली, रुवाण्डा, २७ फागुन – रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ ।दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

“शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको हो” एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिए ।

त्यस दुर्घटनामा परी अरु पनि कैयौँ घाइते भएका र त्यसमध्ये १४ जनाको मृत्यु भएको न्यारुगुरुका मेयर फ्रान्कोइस आबिटेगेकोले बताउनुभयो ।उहाँले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको पनि जानकारी दिनुभयो ।

त्यसबाहेक अन्य दुई जनाको यसअघि शुक्रबार यस्तै चट्याङ लागेर मृत्यु भएको थियो । शुक्रबारको घटनामा अरु १६ जना घाइते भएका थिए ।

Similiar Post