भोलि फाल्गुन २५ गतेबाट यी राशिका मानिसहरुको भाग्य चम्कने योग-

करिब चार महिनाको लागि गुरु(बृहस्पति) बक्र हुन् गईरहेको छ। आगामी ९ मार्च २०१८ बाट ११ जुलाई २०१८ सम्म गुरु वक्र स्थितिमा रहनेछ। गुरु अहिले तुला राशिमा छन्। ज्योतिष शास्त्रमा गुरुलाई महत्वपूर्ण र शुभ ग्रहको रुपमा मानिन्छ। गुरु बक्र भएमा यसको राशि सबै १२ राशिहरुलाई पर्नेछ।

१. मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
गुरु बक्र भएमा मेष राशिका मानिसहरुले धेरै प्रकारका समस्याहरु सामना गर्नु पर्ने हुन्छ। कानुनी मामिलाहरुमा फस्न सक्ने देखिन्छ। तर यो खराब समयमा तपाईलाई आफ्नो परिवारबाट पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ।

२. बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
गुरु बक्र भएमा यस राशिका मानिसहरुको शुभ समयको सुरुवात हुनेछ। लामो समय देखि संलग्न रहेको कुनै खास योजनामा सफल हुनेछ। र तपाईको आर्थिक श्रोत बढ्न सक्ने योग देखिन्छ। जागिरे मानिसहरुको कार्यालयमा अधिकारीहरुसँगको सम्बन्धमा सुधार आउन सक्छ।

३. मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
मिथुन राशिको लागि गुरु बक्र हुनुको प्रभाव खासै मात्रा पर्दैन। मान-सम्मानमा वृद्धि हुनेछ। विदेशको यात्रा हुन् सक्छ।

४. कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
गुरुको बक्र हुनुबाट यस राशिका मानिसहरुका लागि सबैभन्दा फाईदा मिल्न सक्ने सम्भावना छ। यस समयमा तपाईको भेट यस्तो व्यक्तिसँग हुन् सक्छ जो भविष्यमा लाभ उठाउन सकिन्छ।

५. सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
सिंह राशिको लागि गुरु तेस्रो भागमा अवस्थित छन्। तपाईले कुनै नसोचेको ठाउँबाट अचानक धन लाभ गर्न सक्नुहुन्छ। सम्पतिबाट तपाईलाई लाभ उठाउन सक्नुहुन्छ। परिवार र साथीहरुबाट पूरापुर सहयोग प्राप्त गर्न सक्नुहुन्छ। विदेश यात्राको सम्भावना प्रबल छ।

६. कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
यस राशिको लागि गुरु द्वितीय भावमा परिवर्तन हुँदैछ, जसको कारण भावी समय कन्या राशिको लागि शुभ रहनेछ। कारोबारमा विस्तार हुनेछ र जसले व्यापार विस्तार गर्न पनि मद्दत गर्नेछ।

७. तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
समाजमा मान-सम्मान बढ्नेछ। भू-सम्पतिमा वृद्धि हुनेछ। आफन्त र नाता-गोताहरुसँगको सम्बन्धमा सुधार आउनेछ। आय वृद्धिको नवीन स्त्रोत बन्नेछ। परिवारमा मांगलिक कार्य हुनेछ। विदेश यात्राको सन्दर्भमा गुरु बक्र हुनेमा तुला राशिको लागि अनुकूल हुनेछ।

८. बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
गुरुको बक्र पछि यस राशिका मानिसहरुको पछिल्लो समयमा नोक्सान भईरहेको थियो तर अब क्षतिपूर्तिको समय आएको छ। जागिरमा वर्चस्व जारी रहनेछ । सरकारी क्षेत्रबाट अर्थ प्राप्तिको सम्भावना प्रबल छ। व्यवसायमा उन्नति हुनेछ। मन प्रसन्न रहनेछ।

९. धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
धनु राशिको लागि गुरु एकादश भावमा रहनेछ। आगामी समयमा नयाँ योजनाबाट राम्रो प्रगति हुने सङ्केत छ। कारोबार गर्ने मानिसहरु धेरै चुनौतीहरुका सामना सजिलै गर्न सक्षम हुनेछन।

१०. मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
गुरुको बक्र हुनुमा मकर राशिका मानिसहरुका लागि धेरै प्रकारका खुशीको सौगात लिएर आउन सक्छ। वादविवादको समाधान सजिलै हुनेछ।

११. कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
यस राशिमा गुरुको प्रभाव कम पर्नेछ। प्रभावकारी व्यक्तिले समर्थन पाउनेछ। रोकिएका कामहरु पूरा हुनेछ। व्यवसायमा धन लाभ हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ। मान-सम्मानको चिन्ता रहनेछ। जागिरमा समस्या आउन सक्छ।

१२. मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
मीन राशिमा पनि कुम्भ राशि जस्तै गुरुको प्रभाव कम रहनेछ। आयमा नयाँ स्त्रोत बन्नेछ। नवीन योजनाहरुमा सफलता हात पार्न सक्छ। अर्थ प्राप्तिको सम्भावना प्रबल छ। व्यवसायमा धन लाभमा निरन्तरता हुनेछ।

Similiar Post