रबि लामिछानेले भारतको रेकर्ड तोड्नको लागी टुँडिखेलमा पुगेर के भने ? (भिडियो)

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए ।

त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’ यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी छ ।

धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

०००

यो पनि पढ्नुहोस :

अन्तत बुद्द नेपालमा जन्मिएका हुन् भन्दै विश्व किर्तिमान राखेरै छोडियो, ७५ हजार सहभागी हुने भनिएकोमा बुद्द वचनले ओतप्रोत नेपालीहरु जम्मा भए डेड लाख भन्दा बढी

काठमाडौं, १९ फागुन । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’

यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ ।

‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरे । अझै पनि कतिपय शैक्षिक संस्थाले बुद्धको जन्मबारे भ्रम श्रृजना गर्ने काम गरेको भन्दै उनले विश्वका सबै सरकार, देश र विश्वविद्यालयलाई अब अलमलमा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटो रोज्नेलाई बम बनाउने र अशान्ति तथा आतंक फैलाउने काम छोडेर सम्वृद्ध नेपाल बनाउने काममा योगदान पुर्‍याउन पनि आहृवान गरेका छन् ।

रबि लामिछाने यसो भन्छन :

एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमानकालागि दर्ज भएको छ। यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। यो त बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो। संसारमा अझै भ्रम छ त्यो चिर्न यस्ता कार्यक्रमहरु चहिन्छन। अर्को देशले ७५ हजार एक जना जम्मा गरेर बुद्ध उसको देशमा जन्मेको भन्यो भने त्यहि देशको हुने होइन। मेरो विचारमा यो प्रयासले प्रमाणित तथ्यलाई थप प्रचार प्रसार गर्छ। सहभागी सबैलाई धन्यवाद।

Similiar Post