अमेरिकाको सबैभन्दा खराब राष्ट्रपतिको दर्जा डोनाल्ड ट्रम्पले पाए

फागुन ९, मोरङ, अमेरिकाको २२९ वर्षको इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको दर्जा राष्ट्रपति डोनाल्ड ट्रम्पले पाएका छन् । दुई सय जनाको सहभागितामा गरिएको सर्वेक्षणको नतिजाले उनलाई सबैभन्दा खराब राष्ट्रपतिको रूपमा चित्रण गरेको हो ।


सर्वेक्षणमा राजनीति विशेषज्ञको पनि सहभागिता थियो । सबैभन्दा राम्रा राष्ट्रपतिको सुचीमा ट्रम्पले अन्तिम अर्थात् ४४ औं स्थान प्राप्त गरेका हुन् । अमेरिकामा हालसम्म निर्वाचित राष्ट्रपतिको प्रभावकारिता मापनका लागि उनीहरूको शासनकालमा देशले गरेको प्रगति, राष्ट्रपति पदमा रहेको व्यक्तिको चारित्रिक विशेषता, ख्याती, कार्यकुशलता आदिलाई मापदण्ड बनाइएको थियो । सर्वोत्कृष्ट राष्ट्रपतिलाई एक सय र सबैभन्दा असफल राष्ट्रपतिलाई शुन्य अंक दिनेगरी गरिएको सर्वेक्षणमा ट्रम्पले सबैभन्दा कम १२ अंक प्राप्त गरी सबैभन्दा खराब राष्ट्रपतिको सुचीमा आफूलाई सर्वोच्च स्थानमा प्राप्त गरे ।

७१ अंक प्राप्त गर्ने निवर्तमान राष्ट्रपति बाराक ओबामा उत्कृष्ट राष्ट्रपतिको सुचीमा आठौँ स्थानमा रहे । ओबामाले पदमा रहँदा अठारौँ स्थान प्राप्त गरेको सर्वेक्षणमा दश अंकको सुधार गरी आठौँ स्थान पाएबाट पदमुक्त भएपछि उनको लोकप्रियता बढेको विश्लेषण गरिएको छ । ९५ अंकका साथ सर्वोत्कृष्ट राष्ट्रपतिको उपाधि अब्राहम लिंकनले पाएको सर्वेक्षणमा दोस्रो स्थान सुरक्षित गरेका जर्ज वासिंगटनले ९३ अंक प्राप्त गरे । डेमोक्र्याटिक विचारका ५७ प्रतिशत, रिपलिकन विचारका १३ प्रतिशत र अन्य विचारका ३० प्रतिशत सहभागीको उपस्थितिमा यो सर्वेक्षण गरिएको थियो ।

सबैभन्दा खराब राष्ट्रपतिको वरियतामा दोस्रो भएका १५ औँ राष्ट्रपति जेम्स बुकाननलाई १५ अंक प्राप्त भएको थियो । राष्ट्रपतीय निर्वाचनले चर्चाको शिखरमा पुगेकी हिलारी क्लिन्टनले बिल क्लिन्टनलाई पूर्ववत १३ औँ स्थानबाट पाँच स्थान तल झार्न सफल भइन् ।

सबैभन्दा उत्कृष्ट पाँच राष्ट्रपति :
अब्राहम लिंकन
जर्ज वासिंगटन
फ्र्यांकलिन रुजवेल्ट
थियोडोर रुजवेल्ट
टमस जेफर्सन

पाँच सबैभन्दा खराब राष्ट्रपति :
डोनाल्ड ट्रम्प
जेम्स बुकानन
विलियम हेनरी ह्यारिसन
फ्र्यांकलिन पियर्स
एन्ड्रयु जोनसन
(एजेन्सी)

Similiar Post