सबैभन्दा सफल सिरियल ‘कसौटी जिन्दगी की’ फेरि टेलिभिजनमा आउने

मुम्बइ। सन् २००१ मा सुरु भइ २००८ मा सकिएको अत्याधिक लोकप्रिय भारतीय टेलिभिजन सिरियल ‘कसौटी जिन्दगी की’ आज पनि धेरैले सम्झिन्छन् । प्रेरणा, अनुराग बसु, कोमोलिका र मिस्टर बजाजको भूमिका आज पनि धेरैको मस्तिष्कमा ताजै छ । टिभी क्वीन भनेर चिनिने यो सिरियलकी निर्माता एकता कपुरले पुनः यो सिरियल टिभिमा ल्याउने खबर छ ।

banner

उनले यसको संकेत ट्वीटरमार्फत गरेकी छिन् । उनले लेखेकी छिन् ‘२००१ मा मैले टुटेको दिलको साथमा यो लेखेकी थिएँ । अब १७ वर्षपछि मैले यसलाई ‘रिबुट’ गर्दैछु । ९ वर्षसम्म चलेको यो सफल प्रेमकथा मैले फेरि ल्याउँदैछु । फेरि आफ्नो टुटेको दिललाई एउटा कलाका परिणत गर्नेछु ।’ पोस्टसँगै उनले लेखेकी छिन् ‘नेम्स टु बि अनाउन्सड’ । यो शो पुनः टेलिभिजनमा फर्किएमा यसमा मुख्य भूमिकामा पुरानै कलाकार फर्किनेछन् वा नयाँ भन्ने निश्चित छैन ।

शाहरुखले चाँडै अन्तरिक्षको उडान भर्ने!

मुम्बई।  बलिउड किङ खान शाहरुख खान यतिबेला आफ्नो नयाँ फिल्म ‘जिरो’ मा काम गरिरहेका छन्। यो फिल्म बाहेक उनी अर्को नयाँ प्रोजेक्टमा पनि काम गरिरहेका छन्। स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार शाहरुख खान एउटा बायोपिकमा पनि काम गर्दैछन्।

banner

पछिल्लो समय कुनै न कुनै बायोपिक बन्ने समाचार सार्वजनिक हुन थालेका छन्। अब किङ खान पनि त्यसबाट अछुतो रहेनन्। शाहरुख खान अन्तरिक्षमा जाने वैज्ञानिक रोकश शर्मा को बायोपिकमा काम गर्दैछन्। सो फिल्ममा काम गर्न उनले मन्जुरी दिएका छन्। यो फिल्मको नाम ‘सल्यूट’ हो। शाहरुख चाँडै यो फिल्मको शुटिङ सुरु गर्दैछन्।

 

संचामाध्यमका अनुसार शाहरुखले यही वर्ष सेक्टेम्बरमा फिल्मको केही भाग शुटिङ गर्न सहमति जनाएका छन्। त्यसपछि उनी आफ्नो फिल्म ‘जिरो’ को प्रमोशनमा व्यस्त हुनेछन्। यसअघि उनले आफ्नो फिल्म जिरो रिलिज नभएसम्म अर्को फिल्ममा काम नगर्ने बताएका थिए।
‘सल्यूट’ फिल्मलाई सिद्धार्थ कपुरले निर्माण गर्न लागेका हुन्।

 

Similiar Post