दिपक–दिपा प्रेममा, दिपाले गरिन् खुलासा-

सुरक्षा भट्टराई
काठमाडौँ। दुई दशकअघि रेडियो नेपालमा धनियाँ र रामबिलासको नामबाट चर्चित भएको दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी अहिलेसम्म छुटेको छैन । रेडियो हुँदै टेलिसिरियल र चलचित्रसम्म पुगिसकेका यी दुई सधैं साथमै छन् । रेडियोमा छँदैदेखि यी दुईलाई प्रेमी प्रेमिका भनिन्थ्यो ।

banner

दुई दशक बित्यो । यो अवधिमा दिपकले विवाहमात्र गरेनन् उनका छोरासमेत लक्का जवान भइसकेका छन् । तर, दिपा भने अझै पनि अविवाहित नै छिन् । दर्शक स्रोताले प्रेमी प्रेमिका भने पनि यी दुईले यो कुरा कहिल्यै स्वीकार गरेनन् । उनीहरुले आफूहरु राम्रो साथी र पेशामा सहकर्मी भएको बताउँदै आए । तर, पछिल्लो समय कहानीमा ट्वीस्ट आएको छ । प्रेम दिवसको दिन दिपाश्रीले एक मिडियालाई दिएको अन्तरवार्तामा दिपकलाई ‘कृष्ण’ र आफूलाई ‘राधा’ भनिन् ।

‘राधाकृष्ण’ त्यो शास्त्रीय जोडी हो जसलाई अहिले नेपाली समाजमा ‘प्रेममा डुबेका जोडी’को उदाहरण दिन प्रयोग गरिन्छ । यो अर्थमा बुझ्ने हो भने यी दुवै प्रेममा रहेको खुलासा हुन्छ । शास्त्रमा उल्लेख भएअनुसार भगवान श्रीकृष्ण र राधा प्रेमी–प्रेमिका हुन् । रोचक संयोग त के भने भगवान श्रीकृष्ण जसरी पहिल्यै रुक्मिणीसँग विवाहित हुँदाहुँदै राधासँग प्रेममा थिए, दिपक पनि पहिल्यै विवाहित छन् ।

यो सबै संयोग मात्र हो वा अरु केही त्यो भने दिपक–दिपा नै जानुन् । अन्तरवार्तामा दिपाले दिपकको केही जिम्मेवारी भएको र त्यसबाट हात झिक्न नमिल्ने बताएकी छिन् । के त्यो जिम्मेवारी दीपकको विवाहित परिवार हो ? यसको खुलासा भने दिपाले गरिनन् ।

Similiar Post